चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन्। रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ। आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए। चट्याङ … Continue reading चट्याङ लागेर एकको मृत्यु, दुई घाइते